PahiloPost

Nov 15, 2025 | ३० कात्तिक २०८२

स्वास्थ्यमा सुधार आएपछि कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’



रासस

स्वास्थ्यमा सुधार आएपछि कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। केही दिन पहिले कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मंगलवार ओम अस्पताल चावहिलमा भर्ना भएका थिए।

उनका स्वकीय सचिव भरत तिवारीका अनुसार महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि शनिवार ‘डिस्चार्ज’ भएका हुन्। महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन्।

यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आम जनतामाझ जानकारी गराउने पत्रकार तथा आफ्नो उपचारमा संलग्न डा विश्वनाथ कोइरालालगायत चिकित्सक टोलीलाई समेत धन्यवाद व्यक्त गरेका छन्। उनले आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने जानकारीसमेत गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell