PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कर्णालीमा थप ४४ जनामा कोरोना पुष्टि



पी बी खड्का

कर्णालीमा थप ४४ जनामा कोरोना पुष्टि

सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिकाका २७ जना र बराहताल गाउँपालिकाका एक जनामा गरी सुर्खेतमा २८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, दैलेखको महाबु गाउँपालिका गुराँस गाउँपालिका, भगवतिमाई, डुंगेश्वार गाउँपालिकामा एक÷एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

सल्यानको छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ भने, डोल्पाको जगदुल्ला गाउँपालिकाका एक जनामा समेत पुष्टि भएको छ।

त्यस्तै, सुर्खेतमा परीक्षण गरिएकोमा रोल्पा माडी गाउँपालिका, दाङको बबई गाउँपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, काभ्रेको पनौती गाउँपालिका, दोलखाको बैतेधोर गाउँपालिकाका, भक्तपुरको चाँगुनारायण नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, बाँकेको नेपालगञ्ज उपपमहानगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ।

दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख भैरवी गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको छ।

कर्णालीमा परीक्षण गरिएको संक्रमितको संखया तीन हजार एक सय सात पुगेको छ। हाल कर्णालीमा आइसोलेसनमा रहेका तथा रहनेक्रममा रहेका सक्रिय कोरोना भाईरस संक्रमितको संख्या चार सय ५० छ।  हालसम्म कर्णाली प्रदेशमा संक्रमित निको भई डिस्चार्ज हुनेको संख्या दुई हजार ६ सय ५१ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell