विराटनगर : प्रदेश १ मा शनिवार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला र ६ पुरुष, बुढीगंगामा ४ महिला र १ पुरुष थपिएका छन्। त्यस्तै, कटहरीमा ३ महिला र १ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १/१ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
त्यसैगरी, सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला र ५ पुरुषमा पनि शनिवार कोरोना संक्रमण पुष्टि भएको छ। झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ९६ पुगेको छ।
प्रदेश १ बाट शनिवार ७१ जना डिस्चार्ज भएका छन्। शनिवार होम आइसोलेसनबाट मात्र ४५ जना डिस्चार्ज भएका छन्। त्यस्तै, सुनसरीकोगढी आइसोलेसन केन्द्रबाट १४ र वि जेनरल अस्पताल आइसोलेसन हरिनगरबाट ३ जना डिस्चार्ज भएका हुन्।
यता, विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट ७, मारवाडी सदन आइसोलेसन, कालिसदन आइसोलेसनबाट १/१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ।
प्रदेश १ मा शनिवार १ हजार १ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १२ महिला र ४७ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा हालसम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।