PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली : शनिवार सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका २१, कैलालीका ११, डडेल्धुराका तीन, बैतडी र बझाङका दुई/दुई जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

उता, डडेल्धुरामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालमा शनिवार एक सय ८६ जनाको नमुना परीक्षण गर्दा डडेल्धुरा, बैतडी र दार्चुलाका गरी २६ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार सात सय ७५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell