हेटौँडा : मकवानपुरको मनहरि गाउँपालिकाको वडा नम्बर ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक इन्जिनियरको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नम्बर ७ का २८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
मिनीबसको ठक्करबाट घाइते भएका उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। मिनीबस र चालक प्रहरी नियन्त्रणमा छन्। अधिकारी मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा इन्जिनियर पदमा कार्यरत थिए।
मृतक कोरोना संक्रमित रहेको र होम आइसोलेसनका लागि घर जाने क्रममा मिनीबसको ठक्करबाट मृत्यु भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए।