PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

शैलजा आचार्य पत्रकारिता पुरस्कार पत्रकारद्वय माधव घिमिरे र तारा आचार्यलाई



पहिलोपोस्ट

शैलजा आचार्य पत्रकारिता पुरस्कार पत्रकारद्वय माधव घिमिरे र तारा आचार्यलाई

विराटनगर : विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन्। नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिवार विराटनगरमा भर्चुअल कार्यक्रम गरी उक्त पुरस्कार विरतण गरेको हो।

पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख माधव घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई प्रदान गरिएको हो। पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘आचार्य नेपाली राजनीतिको मूर्धन्य नेता हुनुहुन्थ्यो’, अर्यालले भने, ‘उहाँको कर्तव्यपथले अहिले पनि नेपाली राजनीतिक क्षेत्रमा प्रेरणा दिइरहेको छ।’

पुरस्कृत पत्रकार घिमिरेले विषम परिस्थितिमा प्रविधिमार्फत कार्यक्रम गरी पुरस्कृत हुँदा नयाँ उत्साह जागृत भएको बताए।

प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम राखिएको र यो विल्कुलै नयाँ प्रयास भएको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको भनाइ छ। परिस्थिति काबुमा आउनासाथ युनियनको केन्द्रीय महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको पनि सिग्देलले सुनाए।

शैलजा आचार्यको आदर्श र निष्ठाको विषयमा पत्रकार अनन्तराज न्यौपानेले प्रकाश पारेका थिए। राजनीतिक क्षेत्रमा शैलजा आचार्य साहसको प्रतिमूर्ति भएको नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले बताए।

कार्यक्रममा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ जिल्ला अध्यक्ष बन्धु पोखरेल, नेपाली कांग्रेसमा मोरङ सचिव मोदराज घिमिरे, नेपाल प्रेस संगठन मोरङका अध्यक्ष सुदिप कोइरालालगायतले मन्तव्य राखेका थिए।

शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईलगायत पुरस्कृत भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell