PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अछाममा ९ वर्षीय बालकको हत्या, एक जना पक्राउ



रासस

अछाममा ९ वर्षीय बालकको हत्या, एक जना पक्राउ

डोटी : अछामको साँफेबगर नगरपालिका-९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल विकको हत्या भएको छ। हत्यामा संलग्न भएको अभियोगमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टका अनुसार मृतक बालकको मुख र टाउकामा चोट लागेको थियो। सुनारले किन बालकको हत्या गरे भन्ने विषयमा केही नखुलेको प्रहरीले जनाएको छ।

अभियुक्त सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख भट्टले जानकारी दिए। बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell