PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

आईपीएल शुरु : मुम्बईले चेन्नाईलाई दियो १६३ रनको लक्ष्य



पहिलोपोस्ट

आईपीएल शुरु : मुम्बईले चेन्नाईलाई दियो १६३ रनको लक्ष्य

आजबाट इण्डियन प्रिमियर लिग (आईपीएल) शुरु भएको छ। आज भएको उद्घाटन खेलमा मुम्बई इण्डियन्स र चेन्नइ सुपर किंग्स खेलिरहेका छन्।

आबुधावीमा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो।

मुम्बइका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८, सूर्यकुमार यादवले १७, हार्दिक पाण्ड्याले १४ तथा कप्तान रोहित शर्माले १२ रन बनाए।

चेन्नइका लागि लुन्गी न्गिदीले तीन विकेट लिँदा दीपक चहार र रवीन्द्र जडेजाले समान २/२ विकेट लिए। यस्तै साम करन, पियुस चावलाले १/१ विकेट लिए।

चेन्नइ केही बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell