PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डोमिनिकको ह्याट्रिकमा एभर्टनको जित



पहिलोपोस्ट

डोमिनिकको ह्याट्रिकमा एभर्टनको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एभर्टनले वेस्टब्रुममाथि सहज जित निकालेको छ। गुडिसन पार्क स्टेडियममा भएको खेलमा एभर्टनले ५-२ गोल अन्तरले हराएको हो।

एभर्टनको जितमा डोमिनिक कालभेर्ट-लेविनले ह्याट्रिक गर्दा जेम्स रोड्रिगेज र माइकल केनले समान १/१ गोल गरे। उता वेस्टब्रुमका लागि ग्राडी डियानगाना र माथिउस पेरेइराले गोल फर्काए। पहिलो हाफको अतिरिक्त समयमा किइरन गिभ्स रातो कार्ड खाँदै बाहिरिँदा वेस्टब्रुम १० खेलाडीमा सीमित भएको थियो।

खेलमा वेस्टब्रुमले अग्रता बनाएको थियो। १० औं मिनेटमै डियानगानाले गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको ३२ औं मिनेटमा लेविनले एभर्टनलाई बराबरीमा ल्याए। त्यस्तै ४५ औं मिनेटमा रोड्रिगेजले गोल गर्दा पहिलो हाफमा एभर्टन २-१ गोलले अघि रह्यो।

दोस्रो हाफमा वेस्टब्रुमका लागि पेरेइराले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे। उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए। तर ५४ औं मिनेटमा केनले गोल गर्दै गोलान्तरलाई फेरि बढाए।

त्यस्तै ६२ औं र ६६ औं मिनेटमा लेविनले एभर्टनका लागि गोल गर्दै ह्याट्रिक पूरा गरे।

जितसँगै एभर्टनले जारी सिजन लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ। यसअघि एभर्टनले टोटेनहमलाई हराएको थियो। उता वेस्टब्रुमको यो लगातार दोस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell