PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स उद्घाटन खेलमा पराजित



पहिलोपोस्ट

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स उद्घाटन खेलमा पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स पराजित भएको छ। अबुधाबीमा सम्पन्न खेलमा मुम्बई चेन्नाइ सुपर किंग्ससँग ५ विकेटले पराजित भयो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।

खराब सुरुवात गरेको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। सुरुमै दुई विकेट गुमाएर दबाबमा रहेको चेन्नाईको इनिङ्ग्स अम्बाती रायडु र फाफ डु प्लेस्सिसले उकासेका थिए। रायडुले सर्वाधिक ७१ रन बनाउँदा प्लेस्सिस ५५ रनमा नटआउट रहे। त्यस्तै साम कुरनले १८ रन तथा रवीन्द्र जडेजाले १० रन जोडे। 

मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्विन्टन डि ककले ३३, किरोन पोलार्डले १८, सूर्यकुमार यादवले १७, हार्दिक पाण्ड्याले १४ तथा कप्तान रोहित शर्माले १२ रन बनाए।

चेन्नईका लागि लुन्गी न्गिदीले तीन विकेट लिँदा दीपक चहार र रवीन्द्र जडेजाले समान २/२ विकेट लिए। यस्तै साम कुरन, पीयुष चावलाले १/१ विकेट लिए।त्यस्तै मुम्बईका लागि ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन, जसप्रित बुमराह, क्रुणाल पाण्ड्या र राहुल चाहरले समान १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell