काठमाडौं : अनशनरत डा गोविन्द केसीलाई उपचारका लागि भन्दै प्रहरीले जबर्जस्ती अस्पताल लगेको छ। चिकित्सकहरुको सुझाव नमानेपछि डा केसीलाई प्रहरीले राति ९ वजे अस्पताल पुर्याएको केसीको अभियानका समर्थक महेन्द्र कार्कीले बताए।
केसी जुम्लामा अनशनरत छन्। पछिल्लो ६ दिनदेखि केसी अनशनमा छन्।
केसीलाई कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लगिएको हो। उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको कार्कीले बताए। उनको रक्तचाप उच्च रहेको कार्कीको भनाइ छ।
केसीले भने आफूलाई जबर्जस्ती अस्पताल लगिएकोप्रति असन्तुष्टि जनाएका छन्। उनले आफ्ना माग पूरा गर्नुको सट्टा जबर्जस्ती अस्पताल लगिएकोमा आक्रोश व्यक्त गरेका छन्।
