PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित भएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ गोलअन्तरले पराजित भएको हो।

क्रिस्टल प्यालेसको जितमा विलफ्रड जाहाले दोहोरो गोल गर्दा एन्ड्रोस टाउनसेन्डले १ गोल गरे। यता घरेलु टोलीका लागि डोनी भान डि बीकले सान्त्वना गोल गरे।

खेलको सातौं मिनेटमै क्रिस्टल प्यालेसले टाउनसेन्डको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा प्यालेस सोही १ गोलले अघि रह्यो। दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै प्यालेसले अग्रता दोब्बर बनायो। यसपटक जाहाले ७४ औं मिनेटमा 'कन्ट्रोभर्सियल' पेनाल्टीमार्फत गोल गरेका थिए।

युनाइटेडले खेलको ८०औं मिनेटमा गोल फर्कायो। डि बीकको यो गोल म्यानचेस्टर युनाइटेडको लागि सान्त्वना गोल बन्यो। उता क्रिस्टल प्यालेसका लागि ८५ औं मिनेटमा जाहाले फेरि अर्को गोल थप्दै जित सुनिश्चित गरे।

घरेलु मैदानमा पहिलो खेलमै पराजय भोगे सँगै युनाइटेडको इपीएलमा यो सिजन सुखद रहन सकेन। उता प्यालेसले भने लिगमा लगातार दोस्रो जित निकाल्दै सानदार सुरुवात गरेको छ। यसअघिको खेलमा साउथ ह्याम्टनलाई हराउँदै प्यालेसले नयाँ सिजन राम्रो सुरुवात गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell