PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

हल्याण्ड चम्किँदा डर्टमण्डको सहज जित



पहिलोपोस्ट

हल्याण्ड चम्किँदा डर्टमण्डको सहज जित

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा मुन्छेनग्लाडबाखमाथि सहज जित निकाल्दै बोरुसिया डर्टमण्डले बुण्डेसलिगामा सुखद सुरुवात गरेको छ। वेस्टफलेनस्टेडियोनमा भएको खेलमा घरेलु टोली डर्टमण्डले मुन्छेनग्लाडबाखमाथि ३-० को जित दर्ता गर्दै लिगमा सुखद सुरुवात गरेको हो।

डर्टमण्डको जितमा अर्लिङ ब्रउट हल्याण्डले दोहोरो गोल गर्दा १७ वर्षे जियोभान्नी रेयनाले एक गोल गरे।

खेलको ३५ औं मिनेटमा रेयनाले टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको डर्टमण्डका लागि दोस्रो हाफमा हल्याण्डले दुई गोल थपे। उनले खेलको ५४ औं मिनेटमा (पेनाल्टी मार्फत) र ७७ औं मिनेटमा गोल गर्दै टिमलाई सानदार जित दिलाए।

डर्टमण्डले घरेलु मैदानमा खेल जितिरहँदा स्टेडियममा १० हजार दर्शकहरुको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell