PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

वेस्टहममाथि आर्सनलको संघर्षपूर्ण जित



पहिलोपोस्ट

वेस्टहममाथि आर्सनलको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वेस्टहमलाई हराएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले वेस्टहममाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो।

आर्सनलको जितमा अलेक्जेन्डर लाकाजेट र इड्डी न्केटियले गोल गरे भने वेस्टहमका लागि मिचेल एन्टोनियोले सान्त्वना गोल फर्काए।

खेलको २५ औं मिनेटमा औबमेयाङको पासमा लाकाजेटले आर्सनललाई अग्रता दिलाएका थिए। तर ४५ औं मिनेटमा वेस्टहमका एन्टोनियोले गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा न्केटियलेमा निर्णायक गोल गरे। उनले खेलको ८५ औं मिनेटमा गरेको गोलसँगै आर्सनलले जारी सिजन लगातार दोस्रो जित निकालेको हो।

यसअघिको खेलमा आर्सनलले फुलहमलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell