PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

रुथ गिन्सवर्गको निधनपछि महिला न्यायाधीश नै ल्याइहाल्ने ट्रम्पको तयारी, चुनावको मुखमा बन्यो राजनीतिक मुद्दा



पहिलोपोस्ट

रुथ गिन्सवर्गको निधनपछि महिला न्यायाधीश नै ल्याइहाल्ने ट्रम्पको तयारी, चुनावको मुखमा बन्यो राजनीतिक मुद्दा
फोटो रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता त्यहाँको सर्वोच्च अदालतमा महिला न्यायाधीशन नै ल्याउने बताएका छन्। न्यायाधीश रुथ बेडर गिन्सवर्गको निधनपछि अमेरिकी राजनीतिमा उनका 'सक्सेसर'को विषयलाई लिएर राजनीति गर्माएको छ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको केही सातामात्र बाँकी रहँदा न्यायाधीश गिन्सवर्गको ८७ वर्षको उमेरमा शनिवार निधन भएको थियो।

ट्रम्पका प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार जोइ बिडनले न्यायाधीश नियुक्तिका लागि चुनावसम्म कुर्नुपर्ने बताएका छन्।

तर, ट्रम्प अलिकति पनि ढिलो नगरी गिन्सवर्गको निधनपछि रिक्त रहेको पद पूर्ति गर्न चाहन्छन्।

'आगामी साता म नामाङ्कन गर्नेछु। त्यो व्यक्ति महिला नै हुनेछिन्,' ट्रम्पले नर्थ क्यारोलिनको र्‍याली सम्बोधन गर्दै भने, 'मलाई लाग्छ त्यहाँ महिला नै हुनुपर्छ किनकि मलाई पुरुषभन्दा धेरै महिला मन पर्छ।'

उनले सम्बोधनमा यसो भनिरहँदा उनका समर्थकहरुले नारा लगाइरहेका थिए- 'खाली ठाउँ भर।' न्यायालयमा मनोनित गर्न पाउने कमैमात्रको मौका खेर नफाल्न उनलाई समर्थकहरुले प्रेरित गर्दै आएका छन्।

यसअघि ट्रम्पले दुई जना सिटी अपिल्स कोर्टका न्यायाधीशहरु सम्भावित छनोटमा पर्ने बताएका थिए। दुवै न्यायाधीश एमी कोनेई र बारबरा लागोवा कन्जरभेटिभ पार्टी समर्थक हुन्। यस्तो नियुक्तिसँगै सर्वोच्च अदालतमा रिपब्लिनको समर्थक थपिने शक्ति सन्तुलन हुने अपेक्षा ट्रम्पको छ।

नोभेम्बरमा निर्वाचन हुन लागेकाले डेमोक्रेटहरुले भने यसको कडा विरोध गरेका छन्। सन् २०१६ मा चुनावको मुखमा राष्ट्रपति बाराक ओवामाले यसैगरी नियुक्त गर्न खोज्दा रिपब्लिकनले विरोध गरेर रोकेको उनीहरुले तर्क गर्दै आएका छन्।

शनिवार गिन्सवर्गको निधन भयो, उनी क्यान्सरबाट पीडित थिइन्। उनी अमेरिकाको सर्वोच्च अदालतका दोस्रो महिला न्यायाधीश हुन्। उनलाई प्रख्यात आरजीवीका रुपमा चिनिन्छ। उनको जीवनमाथि सन् २०१८ मा हलिउडमा फिल्म समेत बनेको छ - अन दी बेसिस अफ सेक्स।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell