PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बाँकेमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु



पहिलोपोस्ट

बाँकेमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

काठमाडौः बाँकेमा कोभिड १९ संक्रमित एक पुरुषको मृत्यु भएको छ।

नेपालगंज उपमहानगरपालिका वडा नम्वर २१ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भदौ २० गते भेरी अस्पताल नेपालगंजमा भर्ना गरिएको थियो। २१ गते उनको नुमुना परीक्षण गर्दा कोभिड १९ पोजेटीभ देखिएको थियो।

फोक्सोमा निमोनिया भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा शनिवार राति ११ बजेर ४५ मिनेटमा मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले जानकारी दिए। बाँकेमा कोभिड संक्रमित पुष्टी भइसेका १० जना मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell