PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

अस्पतालका कर्मचारी नहरमा मृत भेटिए, हत्याको आशंका



रासस

अस्पतालका कर्मचारी नहरमा मृत भेटिए, हत्याको आशंका

चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्। मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हुँदै बगेको नहरमा भेटिएको थियो। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell