PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आइपीएलमा आज दिल्ली क्यापिटल्स् र किङ्स-११ पञ्जाब भिड्दै, सन्दीप पर्लान् त प्लेइङ ११ मा?



पहिलोपोस्ट

आइपीएलमा आज दिल्ली क्यापिटल्स् र किङ्स-११ पञ्जाब भिड्दै, सन्दीप पर्लान् त प्लेइङ ११ मा?

इण्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट युएईमा सुरु भइसकेको छ। १३ औं सिजनको आइपीएलको दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र किङ्स ११ पञ्जाब आमनेसामने हुँदैछन्। दुई भारतीय युवा स्किपरहरुले नेतृत्व गरेको टिमबीचको खेल आज बेलुकी पौने ८ बजे सुरु हुने छ। खेल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्दै आएको छ।

महामारीअघि दिल्लीका कप्तान श्रेयस ऐयर र पञ्जाबका कप्तान केएल राहुल राम्रो लयमा देखिएका थिए। ऐयर र राहुल दुबैलाई भविष्यको भारतीय टिमको कप्तानको रुपमा पनि हेरिने हुँदा यो प्रतियोगिता उनीहरुको लागि आफूलाई प्रमाणित गर्ने राम्रो अवसर हुनसक्छ।

यी दुवै टिममा केही समानता पनि छन्। दुबै टिमको आइपीएलमा इतिहास खास राम्रो छैन। दुबै टिमले हालसम्म आइपीएलको उपाधि उठाउन सकेका छैनन्।

दिल्लीको टिम

दिल्ली क्यापिटल्स् युवा खेलाडीहरुले भरिएको टिम हो। यस्तोमा टिममा पछिल्लो समयभन्दा कम नै परिवर्तन भएको देखिन्छ। दिल्लीको ब्याटिङ लाइन शिखर धवन, पृथ्वी श, ऋषभ पन्त, सिमरन हेटमायर, मार्कस् स्टोइनिसलगायतका खेलाडीले सम्हाल्ने छन्। त्यस्तै बलिङमा कागिसो रबाडा, ड्यानियल सेम्स, अमित मिश्रा, रविचन्द्रन अश्विन, हर्षल पटेल, सन्दीप लामिछानेलगायतका खेलाडीहरु मध्येबाट रहने छन्। अन्तिम ११ मा पर्न लामिछानेको ठूलो प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपि केही हप्ताअघि क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गरेको राम्रो प्रदर्शन र युएईको पिचमा उनको अनुभवले पनि राहत दिन सक्छन्। सायद त्यसैले पनि हुन सक्छ केही भारतीय सञ्चारमाध्यमहरुले उनलाई सम्भावित प्लेइङ ११ मा पनि राखेका छन्।

लामिछानेले आइपीएल अघि आफू ब्राण्ड एम्बेस्डर रहेको एउटा कलेजको पेजबाट लाइभ आउँदै भनेका थिए: 'युएईमा अहिलेसम्म राम्रो अनुभव गरेको छु। त्यसलाई क्यारी गर्दै सीपीएलमा जुन प्रदर्शन गरेको थिएँ। मलाइ लाग्छ अगाडि जान त्यो अनुभव सकारात्मक हुनेछ।

दिल्ली क्यापिटल्स : श्रेयस ऐय्यर (कप्तान), रविचन्द्रन अश्विन, शिखर धवन, पृथ्वी श, सिमरोन हेटमायर, कगिसो रबाडा, अजिन्क्य रहाणे, अमित मिश्रा, रिषभ पन्त (विकेट किपर), इशान्त शर्मा, अक्षर पटेल, सन्दीप लामिछाने, किमो पउल, डेनियल सम्स, मोहित शर्मा, एनरिक नोर्त्जे, एलेक्स केरी (विकेट किपर), आवेश खान, तुषार देशपाण्डे, हर्षल पटेल, मार्कस स्टोइनिस र ललित यादव।

पञ्जाबबाट को-को?

पञ्जाबको तर्फबाट खेलाडीहरु लगभग निश्चितजस्तै देखिन्छन्। क्रिस गेल र लोकेश राहुलले ओपनिङ गर्न सक्छन्। त्यस्तै मध्य क्रममा मयंक अग्रवाल, सर्फराज खान, मन्दिप सिंह र ग्लेन म्याक्सवेलले सम्हालने छन्। त्यस्तै फास्ट बलरमा मोहम्मद समी र क्रिस जोर्डनले सम्हाल्न सक्नेछन् भने स्पिनमा कृष्णप्पा गौतम, मुजीब उल रहमान र रवि बिश्नोइ हुन सक्छन्।

किङ्स इलाभेन पञ्जाब : लोकेश राहुल (कप्तान), मयङ्क अग्रवाल, शेल्डन कटरेल, क्रिस गेल, ग्लेन म्याक्सवेल, मुहम्मद शमी, मुजिब उर रहमान, करुण नायर, जेम्स निशाम, निकोलस पूरन (विकेट किपर), इशान पोरेल, अर्शदीप सिंह, मुरुगन अश्विन, कृष्णप्पा गौतम, हरप्रित बरार, दीपक हुड्डा, क्रिस जोर्डन, सरफराज खान, मनदीप सिंह, दर्शन नलकंडे, रवि बिश्नोई, सिमरन सिंह (विकेट किपर), जगदीश सुचित, तजिन्दर सिंह, हार्डस विल्जोन।

प्लेयर्स टु वाच

पञ्जाबको कुरा गर्दा कप्तान केएल राहुलको प्रदर्शनले धेरै अर्थ राख्छ। उनले सन् २०१८ को आइपीएलमा ६५९ रन जोडेका थिए भने सन् २०१९ मा ४९३ रन जोडेका थिए। त्यो बाहेक पनि यसअघिको भारत र न्युजिल्याण्डबीचको सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर 'अफ दी सिरिज' नै भएका थिए।

अर्कोतर्फ दिल्लीका ऋषभ पन्त पन्त पनि राम्रो फर्ममा छन्। अघिल्लो सिजन ४८८ रन जोडेका उनको मुम्बइ इण्डियन्स्विरुद्धको विस्फोटक अभिजित ७८ रन हेर्न लायक थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell