PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोना भाइरसबाट बच्न यसो गरौं



पहिलोपोस्ट

कोरोना भाइरसबाट बच्न यसो गरौं

  • यमुना पोख्रेल -

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ ले मानिसको जनजीवन मा निकै ठूलो असर पारेको छ। यसको असर विश्वका विकसित मुलुकदेखि लिएर विकाशील तथा अविकसित मुलुकहरु सम्म रहेको छ। नेपालमा पनि यसको सिकार बनेको छ।

कोरोना भाइरस रोक्थाम को लागी नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देखि सुरु गरेको लकडाउन विभिन्न चरणबाट अघि बढदै, स्वरुप परिवर्तन गर्दै हालसम्म पनि जारी नै छ। जसका कारण आम जनजीवन कष्टकर बन्दै गइरहेको छ। लामो समय सम्म चलिरहेको लकडाउन का कारण सम्पूर्ण आर्थिक गतिविधिमा नकरात्मक असर परिरहेको देखिन्छ।

यसको असर विभिन्न उद्योग, कलकारखाना, व्यवसाय, यातायात क्षेत्र, शिक्षा क्षेत्र, दैनिक ज्यालादारी मजदुरहरु सम्पूर्णमा देख्‍न सकिन्छ। एकातर्फ मानिसहरु घरभित्र सुरक्षित भइ बस्नु पर्ने अवस्था छ भने अर्कोतर्फ घरभित्रको नजरबन्द लामो समयसम्म भएकाले विभिन्न समस्या देखिन थालेका छ। जस्तो कि मानिसलाई घरपरिवार पाल्नको लागि दुई छाक खानाको जोहो गर्ने समस्या छ भने अर्को तर्फ मानिसको मस्तिष्कमा नकरात्मक सोच उत्पन्न भइरहेका छन्।

कोरोना पेन्डामिकका कारण उत्पन्न मानसिक तनावले गर्दा मानिसको मनमा विभिन्न किसिमका नकरात्मक सोच तथा भावनाहरु उत्पन्न भइरहेका छन् जसका कारण उनीहरुको व्यवहार,कार्यशैली, सोच मा फरकपन देख्न सकिन्छ। यसको विकराल रुप आत्महत्या सम्मका उदाहरण हामी हाम्रो समाज मा देखिरहेका छौ। यस्ता असरहरु विभिन्न वर्ग/क्षेत्रका आम मानिसहरुमा देख्‍न सकिन्छ। उदाहरणका लागि उधोगी/ व्यवसायीहरु मा व्यवसायिक चिन्ता, विद्यार्थीहरु आफ्नो अध्ययन र भविष्य को चिन्ता, रोजगारी गुमाएका मजदुर कर्मचारीहरुको परिवार पाल्ने चिन्ता आदि इत्यादि कारणले मानिसहरु मानसिक रुपले ग्रस्त भएको देखिन्छ। यसका साथै मानिसहरुमा देखिने अन्य मानसिक समस्या का लक्षणहरु निम्न प्रकार का छन्

  • छटपटी हुनु
  • परिवारका सदस्य, आफन्त र प्रियजनको स्वास्थ्यबारे चिन्तित हुनु
  • असुरक्षित महसुस हुनु
  • एक्लोपन को महसुस हुनु
  • खानपान मा परिवर्तन आउनु
  • काम गर्ने शक्ति मा परिवर्तन आउनु
  • उदासिनता वा निराशा महसुस हुनु
  • मध्यपान, धुम्रपान वा लागू पदार्थको प्रयोग गर्नु साथै मात्रा बढ्दै जानु
  • दिर्घकालिन स्वास्थ्य समस्या बढ्दै जानु आदि

माथि उल्लेखित समस्याहरु आम मानिसमा भिन्नभिन्न तरिकाले देखिएका छन्। तर, महामारीले गर्दा आम मानिसले सबैभन्दा धेरै गुमाएको चिज हो - आत्मबल। यस्तो विपदको अवस्थामा मानिसले आफूमा हौसला बढाएर राख्‍नु नै सबैभन्दा उत्तम उपाय हुन्छ। किनकि हामी यस्तो बेलामा कुनै अस्वभाविक निर्णय गर्न पुग्छौ तर त्यो दीर्घकालीन समाधान हुन सक्दैन। र, यसले हामीमात्र नभएर हाम्रो परिवार, समाज अनि राष्ट्रमा समेत ठूलो हानी पुग्‍न सक्छ। गलत सन्देशहरु प्रवाह हुन सक्छन। यसले मानिसमा नकरात्मक सोच को विकास हुन्छ। त्यसकारण यस्ता समस्याका विभिन्न समाधानका उपायहरु छन जुन हामी सजिलैसँग आफ्नो जीवनमा अपनाउन सक्छौं। जस्तै -

  • आफ्नो मनमा लागेका विचार, अनुभवहरु सहजता अनुसार विश्वासिलो व्यक्तिलाई अभिव्यक्त गर्नुहोस
  • शारीरिक दुरी भए पनि भावनात्मक सम्बन्ध कायम राख्‍नुहोस्
  • विश्वसनीय संचार माध्यमलाई मात्र प्राथमिकता दिनुहोस्
  • पोषणयुक्त खानेकुरा खानुहोस्
  • आफूलाई रमाइलो लाग्‍ने कार्यहरु गर्नुहोस्
  • पर्याप्त मात्रामा सुत्नुहोस्
  • योगा तथा शारीरिक व्यायम गर्नुहोस्
  • सकारात्मक सोच राख्‍नुहोस् र आशावादी हुनुहोस्
  • मध्यपान, धुमपान तथा अन्य लागू पदार्थको प्रयोग नगर्नुहोस्
  • विभिन्न सिर्जनात्मक कार्यहरु गर्नुहोस्

माथिका उपायहरु आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ। यस प्रकारको अभ्यास गर्दा पनि डर,चिन्ता कम नभएमा मनोचिकित्सासँग परोमर्श गर्नुपर्दछ। यसको लागि विभिन्न संस्था को प्रयास मा टोल फ्री फोन काउन्सेलिङ सेवाहरु पनि संचालनमा छन्। आवश्यक्ता हेरेर ती सेवाहरु उपयोग गर्न सक्‍नुहुन्छ।

(लेखक प्रदेश ५ मा स्वास्थ्यका लागि सक्षम प्रणालीका कोभिड परामर्शदाता हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell