PahiloPost

Aug 30, 2026 | १४ भदौ २०८३

आफ्नै कार्यालयमा कार्यरत युवतीको बलात्कार अभियोगमा अधिकृत पक्राउ



एम बम

आफ्नै कार्यालयमा कार्यरत युवतीको बलात्कार अभियोगमा अधिकृत पक्राउ
प्रतीकात्मक फोटो

कैलाली : कैलालीमा जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्। उनलाई आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीलाई जबरजस्ती गरेको आरोप लागेको छ।

जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीय महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले विभिन्न डर धम्की देखाएर बलात्कार गर्ने गरेको आरोप ती महिला कर्मचारीले लगाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell