PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

न्यु नर्मल : आइपीएलमा भर्चुअल दर्शक, भर्चुअल चियरलिडर्स र फेक हुटिङ



पहिलोपोस्ट

न्यु नर्मल : आइपीएलमा भर्चुअल दर्शक, भर्चुअल चियरलिडर्स र फेक हुटिङ

इण्डियन प्रिमियर लिग अन्तर्गत शनिवार चेन्नइ सुपर किङ्स र मुम्बइ इण्डियन्स्बीच बन्द रंगशालामा खेल भयो। यति सम्मकी छक्का चौका हान्दा नाच्ने चियर लिडर्सहरु पनि स्टेडियममा उपस्थित थिएनन्।

स्टेडियममा प्रत्यक्ष उपस्थित नभए पनि भर्चुअल माध्यमबाट उनीहरु जोडिएका थिए। ठूला स्क्रिनहरुमा। स्टेडियममा विकेट जाँदा या छक्का चौका आउँदाको लागि दर्शकहरुको आवाजको व्यवस्थापन गरिएको थियो। यतिमात्र होइन भर्चुअल दर्शकको समेत व्यवस्थापन गरिएको थियो स्टेडियममा।

भर्चुअल स्क्रिनबाट विश्वभरबाट आइपीएल हेरिरहेका दर्शकहरुलाई पनि स्टेडियममा राखेका स्क्रिनहरुमा देखाइएको थियो ताकी क्रिकेटरहरुले एक्लै खेलिरहेको छौं भन्ने महसुस नगरुन्। त्यस्तै विकेट लिँदा या रन बनाउँदा दर्शकहरुको रिएक्सन पनि क्रिकेटरहरुले देख्न पाए।

यद्यपि दर्शकको फेक हुटिङ बीचबीचमा अपाच्य पनि सुनिन्थ्यो। एकातिर खेल धुन अर्कोतिर फेक दर्शकको रेडिमेड आवाज। यसको अभ्यास यसअघि विभिन्न फुटबल लिगलगायत इङ्ग्ल्याण्ड वेस्टइण्डिज क्रिकेट सिरिजलगायतमा पनि गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell