PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

कोरोना संक्रमित ३४ वर्षीय सैनिक जवानको मृत्यु



पहिलोपोस्ट

कोरोना संक्रमित ३४ वर्षीय सैनिक जवानको मृत्यु
फाइल फोटो

काठमाडौं : कोभिड-१९ संक्रमण भएका एक नेपाली सैनिकको मृत्यु भएको छ।

रामेछाप घर भएका ३४ वर्षीय नेपाली सेनाको मृत्यु भएको हो। काठमाडौं उपत्यकाभित्र कार्यरत सैनिकको भदौ २९ गते उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। 'मृत्युपछि उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको हो,' प्रवक्ता पौडेलले भने।

लामो समयदेखि ब्लड क्यान्सर भएर उनी नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार गराइरहेका थिए। असोज १ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। नेपालमा कोभिड-१९ संक्रमित सुरक्षाकर्मीको यो पहिलो मृत्यु हो।

अहिलेसम्म नेपाली सेनामा २ हजार ५६ जनामा कोभिड १९ पुष्टि भइसकेको छ। जसमध्ये ४ सय १ जना निको भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell