PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

सचिवालय बैठकमा नेता भेट्न भन्दै पेरिसडाँडा पुगेकी बालिका खड्का प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

सचिवालय बैठकमा नेता भेट्न भन्दै पेरिसडाँडा पुगेकी बालिका खड्का प्रहरी नियन्त्रणमा

काठमाडौः प्रहरीले बालिका खड्कालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज मध्यान्हमा पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको हो। 'उहाँ कार्यालयमा नेता भेट्नु छ भन्दै जबर्जस्ती छिर्न खोजेपछि नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले भने।

नेकपाको झण्डै छ महिना लामो किचलोपछि  सचिवालय बैठक बसेको हो। मन्त्रिमण्डल पुनर्गठन, कार्यकारी अधिकारसहित पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पार्टी अध्यक्ष र पार्टीअन्तर्गत सरकार सञ्चालन लगायतमा सहमति भएपछि फुटोन्मुख विवाद साम्य भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सचिवालय सदस्यको उपस्थिति रहेको छ।

खड्का प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग पत्नीको नाता कायम गरी अंश दिलाउन माग गर्दै  मुद्दा फिर्ता हाल्ने महिला हुन्। तर उनले मुद्दा फिर्ता लिइसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell