PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

गण्डकीमा ६ प्रहरी सहित थप ३० जनामा कोभिड-१९ को संक्रमण



पहिलोपोस्ट

गण्डकीमा ६ प्रहरी सहित थप ३० जनामा कोभिड-१९ को संक्रमण

काठमाडौं : गण्डकी प्रदेशमा थप ३० जना कोभिड-१९ का संक्रमित पिहचान भएका छन्। स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो अपडेट अनुसार योसँगै गण्डकीमा संक्रमितको संख्या तीन हजार ४३८ पुगेको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पछिल्लो परीक्षणमा ३० जना संक्रमित पहिचान भएका हुन्। सक्रमण पुष्टि भएका मध्ये कास्कीका १३ जना छन्। जसमध्ये पोखरामा कार्यरत ६ जना प्रहरी कर्मचारीहरु रहेका छन्।

त्यस्तै लमजुङका १५ जनामा पनि संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा ६, र १० वर्षका बालिकाहरुसहित १५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै तनहुँका १२ वर्षकी बालिका र २१ वर्षकी युवती छन्। उनीहरु दुबै जीपी कोइराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्र तनहुँमा उपचाररत छन्। अन्य सबै कन्ट्र्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell