PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

कोरोनाको संक्रमणका कारण १७ मुलुकमा २४४ नेपालीको मृत्यु : एनआरएनए



रासस

कोरोनाको संक्रमणका कारण १७ मुलुकमा २४४ नेपालीको मृत्यु : एनआरएनए
Photo: David Ryder/Reuters

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विदेशमा रहेका २४४ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा नेपालीको मृत्यु भएको हो।

गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए। समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन्।

कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ। विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ। संघ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell