PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेकपाको सचिवालय बैठकमा चार एजेन्डा तय, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल



कुञ्जरमणि भट्टराई

नेकपाको सचिवालय बैठकमा चार एजेन्डा तय, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल
फोटो : गंगा दाहाल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालयको बैठक भोलिका लागि स्थगित भएको छ।

बैठक सोमवार १ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा चारवटा एजेन्डा तय भएको प्रवक्ता श्रेष्ठले जनाए। पार्टी एकतापछि पहिलोपटक पेरिसडाँडामा भएको पहिलो  बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नीतिगत छलफल भयो।

'आज मन्त्रिपरिषद् पुनर्नगठनको विषयमा नीतिगत छलफल भयो। मापदण्ड के बनाउने भन्ने विषयमा छलफल प्रारम्भ भएको छ,' प्रवक्ता श्रेष्ठले भने, 'स्थायी कमिटिको निर्णय बमोजिम पुनर्गठन हुनेछ।'

नामबारे सचिवालय बैठकमा कुनै कुराकानी नभएको उनले बताए।

त्यसैगरी बैठकमा संवैधानिक आयोगमा गरिने नियुक्तिका विषयमा छलफल गर्ने, पार्टी एकताको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ।

विविध विषयमा केन्द्रीय कमिटीका काम गर्ने र पूर्णकालीन कार्यकर्तालाई तलब दिने विषयमा पनि छलफल गरिने प्रवक्ता श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell