PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

उपत्यकामा थप ७६७ जना संक्रमित पहिचान : काठमाडौंमा मात्र ६०२, अरु जिल्लामा कति?



पहिलोपोस्ट

उपत्यकामा थप ७६७ जना संक्रमित पहिचान : काठमाडौंमा मात्र ६०२, अरु जिल्लामा कति?

काठमाडौं : पछिल्लो २४ घण्टामा ४७ जिल्लामा कोभिड-१९ का थप संक्रमितहरु पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको ९ हजार ५८४ पीसीआर परीक्षणका क्रममा ४६९ महिला र ८५६ पुरुष गरी एक हजार ३२५ जनामामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

संक्रमण पुष्टि भएकामध्ये ७६७ जना उपत्यका हुन्। जुन पछिल्लो २४ घण्टामा नेपालमा पहिचान भएका संक्रमितको ५७.८८ प्रतिशत हो।

संक्रमण पुष्टि भएकामध्ये काठमाडौं जिल्लामा मात्र ६०२ जना छन्। जुन कुल संक्रमितको ४५.४३ प्रतिशत हो। काठमाडौंमा २३० महिला र ३७२ पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै भक्तपुरमा ४१ महिला र ६० पुरुष गरी १०१ जना संक्रमित पहिचान भएका छन् भने ललितपुरमा ३४ महिला र ३० पुरुष गरी ६४ जनामा संक्रमण पुष्टि भएको छ।

कुन जिल्लामा कति?

बागमती प्रदेशका ११ जिल्लामा कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप भएका संक्रमितको यो संख्या ६३.२४ प्रतिशत हो।

त्यस्तै प्रदेश ५ का १२ जिल्लामध्ये ११ जिल्लामा नयाँ संक्रमित पहिचान भएका छन्। प्रदेश ५ मा पछिल्लो २४ घण्टामा २०९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये सबैभन्दा धेरै ११३ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।

त्यस्तै प्रदेश १ का ७ जिल्लामा ७८ र प्रदेश २ का ७ जिल्लामा ७६ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै गण्डकी प्रदेशका ६ जिल्लामा ५३, सुदुरपश्चिम प्रदेशका तीन जिल्लामा ४१ र कर्णालीका २ जिल्लामा ३० जना थप संक्रमित पहिचान भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell