PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

मोरङका ५७ जनासहित प्रदेश १ मा ७९ संक्रमित थपिए



फूलमाया पुरी

मोरङका ५७ जनासहित प्रदेश १ मा ७९ संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा आइतवार ७९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष रहेका छन्। त्यस्तै, मोरङको कटहरीमा ५ महिला र ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १/१ पुरुष संक्रमित भएका छन्।

त्यसैगरी, सुनसरीको दुहवीमा ३ महिला र ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला र १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

यता, झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला र २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७४ पुगेको छ। प्रदेशमा आइतवार ३० जना डिस्चार्ज भएका छन्।

आइतवार सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आईसोलेसनबाट १९, होम आईसोलेसनबाट ९, वि जनरल अस्पताल हरिनगरबाट १ र इनरुवा आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ३५ पुगेको छ।

प्रदेश १ मा आइतवार ५ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २७ महिला र ५२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख १५ हजार ५ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell