वीरगंज : वीरगंजमा आइतबारमात्रै ३ जना कोरोना संक्रमित र एक जना शंकास्पद बिरामी गरी ४ जनाको मृत्यु भएको छ।
कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेमा पर्सा, बारा, रौतहटका एक-एक जना रहेका छन्। मृत्यु भएका शंकास्पद बिरामी पनि वीरगंजको रहेको बताइएको छ।
४ जनाम मध्ये दुई जनाको मृत्यु नारायणी अस्पतालमा भएको हो। अस्पतालको आइसियुमा एक जना संक्रमित र एक जना शंकास्पद बिरामीको मृत्यु भएको हो।
यस्तै, नेशनल मेडिकल कलेजको बाबा होटलमा संचालित अस्थायी कोभिड अस्पतलामा बारा र रौतहटका एक-एक जनाको मृत्यु भएको हो।
नारायणी अस्पतालमा कोरोना संक्रमणबाट वीरगंज महानगरपालिका वडा नं ६ बस्ने ८८ वर्षका वृद्धको गएराति १२ बजे मृत्यु भएको थियो। शनिवार भर्ना भएका उनमा राति ८ बजे कोरोना संक्रमण पुष्टि भएको अस्पतलाका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए।
त्यसैगरी, वीरगंज ४ बस्ने ७८ वर्षीय वृद्धको आईतवार मध्यान्ह १२ बजे मृत्यु भएको उनले बताए। उनको कारोना परीक्षण भए भएको थिएन। उनको कोरोना परीक्षण गर्ने तयारी भइरहेको थियो। त्यसैबीच उनको मृत्यु भएको हो।
त्यसैगरी, नेशनल मेडिकल कलेजको कोभिड अस्पतलामा बारा,कलैया ११ बस्ने ६५ वर्षीय वृद्धको आज बिहान ५ बजे र रौतहट गौरका ६१ वर्षीय वृद्धको आज विहान साढे ७ बजे उपचारको क्रममा नेशनलकै कोभिड अस्पतालमा मृत्यु भएको कोभिडका फोकल पर्सन डा.असरफ हुसैनले जानकारी दिए।
कलैयाका संक्रमितलाई किड्नीमा पनि समस्या रहेको थियो। उनलाई असोज १ गते अस्पताल भर्ना गरिएको थियो। त्यसैगरी,रौतहटका संक्रमितलाई उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या थियो।
यससँगै पर्सामा कोरोना संक्रमणलका कारणले मृत्यु हुनेको संख्या ४४ पुगेको छ। बारामामात्रै संक्रमणका कारण २१ जनाको मृत्यु भइसकेको छ।