PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नाइसमाथि पीएसजीको शानदार जित



पहिलोपोस्ट

नाइसमाथि पीएसजीको शानदार जित

फ्रेन्च लिग वान अन्तर्गत आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसमाथि शानदार जित निकालेको छ। एलिनाज रिभिएरामा भएको खेलमा घरेलु टोलीलाई ३-० ले हराउँदै जारी सिजन ४ खेल खेलेको पीएसजीले दोस्रो जित निकालेको हो।

पीएसजीको जितमा किलियन एम्बाप्पे, एन्जेल डी मारिया र मार्क्विन्सहोसले गोल गरे।

खेलको ३८ औं मिनेटमा एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए। उनलाई केफ्रेन थुरमले फउल गरेपछि पाएको अवसर सदुपयोग गर्दै पेनाल्टीमार्फत गोल गरे। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा डी मारियाले गोल गर्दा पीएसजी पहिलो हाफमा २-० गोलअन्तरले अघि रह्यो।

दोस्रो हाफमा पीएसजीका लागि मार्क्विन्सहोसले अर्को गोल थपे। उनले ६६ औं मिनेटमा एन्जेल डी मारियाको पासमा गोल गर्दा पीएसजीले सानदार जित निकाल्न सफल भयो।

मार्सेलीसँगको खेलमा भएको विवादका कारण पीएसजीका नेइमार, लेभिन कुर्जावा र लिओनार्दो परेडिस निलम्बनका कारण खेलमा सहभागी थिएनन्।

सुरुवाती दुई खेलमा क्रमश: लेन्स र मार्सेलीसँग पराजय भोगेको पीएसजीले लिगको तेस्रो खेलमा मेट्जलाई हराएको थियो भने चौथो खेलमा नाइसमाथि सानदार जित निकालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell