PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टस हारेर ब्याटिङमा उत्रिँदै दिल्ली, सन्दीप अन्तिम ११ मा परेनन्



पहिलोपोस्ट

टस हारेर ब्याटिङमा उत्रिँदै दिल्ली, सन्दीप अन्तिम ११ मा परेनन्

इण्डियन प्रिमियर लिग अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स टस हारेर ब्याटिङमा उत्रँदै छ। दोस्रो दिनको खेलमा दिल्लीको प्लेइङ ११ मा नेपाली स्पीनर सन्दीप लामिछाने रहेका छैनन्।

आइपीएलमा खासै राम्रो इतिहास नभएका यी टोलीहरु पहिलो खेलमा जित निकाल्दै सुरुवाती खेलबाटै सुखद सुरुवात गर्ने दाउमा हुनेछन्। दिल्लीका कप्तान श्रेयस ऐयर र पञ्जाबका कप्तान केएल राहुल पछिल्लो समय राम्रो लयमा देखिएका थिए। ऐयर र राहुल दुबैलाई भविष्यको भारतीय टिमको कप्तानको रुपमा पनि हेरिने हुँदा यो प्रतियोगिता उनीहरुको लागि आफूलाई प्रमाणित गर्ने राम्रो अवसर हुनसक्छ।

दिल्ली टिम ११: श्रेयस ऐय्यर (कप्तान), पृथ्वी श, शिखर धवन, रिषभ पन्त, सिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, रविचन्द्रन अश्विन, मोहित शर्मा, एनरिक नोर्त्जे, कगिसो रबाडा

पञ्जाव टिम ११: केएल राहुल (कप्तान), मयङ्क अग्रवाल, करुण नायर, निकोलस पूरन, सरफराज खान, , ग्लेन म्याक्सवेल, क्रिस जोर्डन, कृष्णप्पा गौतम, शेल्डन कटरेल, मुहम्मद शमी, रवि बिश्नोई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell