PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

यौन दुर्व्यवहारको आरोप लागेका अनुराग कश्यपको समर्थनमा तापसी पन्नू



पहिलोपोस्ट

यौन दुर्व्यवहारको आरोप लागेका अनुराग कश्यपको समर्थनमा तापसी पन्नू

बलिउड अभिनेत्री तापसी पन्नूले यौन दुर्व्यवहारको आरोप लागेका बलिउड निर्देशक अनुराग कश्यपलाई समर्थन गरेकी छन्।

अभिनेत्री कंगना रनौतले त मिटुसँग जोडेर गिरफ्तारीको माग गरिरहेका बेला तापसीले अनुरागलाई सबैभन्दा ठूलो फेमिनिस्ट भन्दै प्रशंसा गरेकी छन्। बलिउडमा अनुरागले महिलावादी फिल्म बनाउँदै आएका छन्।

कलाकार पायल घोषले अनुरागमाथि यौन शोषणको आरोप लगाएकी हुन्। उनले न्याय र सुरक्षाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरबाट आग्रह पनि गरेकी छन्।

पायलको आरोपमा अनुरागले खण्डन गरिसकेका छन्। अब अनुरागकी साथी तापसीले समर्थन गरेकी हुन्। इन्स्टाग्राममा अनुरागसँगको फोटो शेयर गर्दै लेखेकी छन्, ‘मेरो साथी, तिमी सबैभन्दा ठूलो फेमिनिस्ट हौं, जसलाई म राम्रोसँग चिन्छु। तिमीसँग आर्ट सेटमा चाँडै फेरि भेट हुनेछ। जसमा देखाइन्छ कि तिम्ले बनाएको दुनियाँका महिलाहरु कति शक्तिशाली र सार्थक हुन्छन्।’

तापसीको यो धारणामा पक्ष र विपक्षमा प्रतिक्रियाहरु आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell