PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

दाङमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा, मुख्यमन्त्री पोख्रेलले गरे उद्घाटन



रासस

दाङमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा, मुख्यमन्त्री पोख्रेलले गरे उद्घाटन
फाइल फोटो।

देउखुरी : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङको गढवामा सर्पदंश उपचार केन्द्रको आइतवार उद्घाटन गरेका छन्। त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित रुपले सञ्चालन गर्न प्रदेश सरकारको सहयोग हुने बताए।

सर्पदंश उपचार केन्द्रमा उपचार शुरु भएपछि उपचारको अभावमा हुने मृत्यु रोकिने विश्वास गरिएको छ। सर्पदंशको उपचार नपाएर गत वर्षमा मात्रै जिल्लामा १५ जना व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको थियो।

गढवा गाउँपालिकाको लगानीमा निर्माण भएको भवनमा नेपाली सेना रिपुमर्दन गण दाङको प्राविधिक सहयोगमा सर्पदंशको उपचार शुरु भएको हो। सो उपचार केन्द्रमा तत्कालको लागि नेपाली सेनाले तीनजना तालिम प्राप्त स्वास्थ्यकर्मी खटाएको छ भने गाउँपालिकाले दुई जना दक्ष स्वास्थ्यकर्मी परिचालन गरेको छ।

सात शय्याको उपचार केन्द्रमा आकश्मिक सेवा, भर्ना वार्ड, ड्रेसीङ कक्ष बनाईएको छ। दाङमा पहिलो पटक सर्पदंशको उपचार शुरु भएको गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell