PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

दिल्ली क्यापिटल्सले पञ्जाबलाई दियो १५८ रनको लक्ष्य



पहिलोपोस्ट

दिल्ली क्यापिटल्सले पञ्जाबलाई दियो १५८ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जाबलाई १५८ रनको लक्ष्य दिएको छ।

दुबइमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन जोड्यो। जसका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन बनाउँदा कप्तान श्रेयस ऐयरले ३९ रन बनाए। त्यस्तै ऋषभ पन्तले ३१ रन जोडे।

दिल्लीलाई औषत स्कोरमा समेट्न मोहम्मत समीले ३ विकेट लिँदा सेल्डोन कोट्रेलले २ विकेट र रबि बिस्नोइले १ विकेट लिए। नेपाली स्पीनर सन्दीप लामिछाने दिल्लीको प्लेइङ ११ मा छैनन्।

पञ्जाब केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell