PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सन् ह्युङमिनको चार गोलको सहायतामा टोटेनहमको फराकिलो जित



पहिलोपोस्ट

सन् ह्युङमिनको चार गोलको सहायतामा टोटेनहमको फराकिलो जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा टोटेनहम हट्स्परले साउथह्याम्टनमाथि फराकिलो जित निकालेको छ। सेन्टम्यारी स्टेडियममा भएको खेलमा टोटेनहमले साउथह्याम्टनमाथि ५-२ को रवाफिलो जित निकालेको हो।

टोटेनहमको जितमा सन ह्युङ मिनले ४ गोल गर्दा ह्यारि केनले एक गोल गरे। उता साउथह्याम्टनका लागि ड्यानी इङ्ग्सले दोहोरो गोल गरे।

खेलको ३२ औं मिनेटमा इङ्ग्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा टोटेनहमका सनले गोल गर्दा पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा सनले लगातार गोल गर्दै गए। उनले खेलको ४७, ६४ र ७३ मिनेटमा गोल गर्दा ह्यारि केनले ८२ औं मिनेटमा गोल गरे। उता साउथह्याम्टनका लागि इङ्ग्सले ९० औं मिनेटमा पेनाल्टीमार्फत गोल फर्काए।

पहिलो खेलमा एभर्टनसँग पराजित भएको टोटेनहमको जारी सिजन यो पहिलो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell