PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किंग्स ११ पञ्जाब पराजित, सुपर ओभरमा दिल्ली क्यापिटल्सले निकाल्यो जित



पहिलोपोस्ट

किंग्स ११ पञ्जाब पराजित, सुपर ओभरमा दिल्ली क्यापिटल्सले निकाल्यो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जाबलाई सुपर ओभरमा हराएको छ।

दुबईमा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन जोडेको थियो। जसका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन बनाउँदा कप्तान श्रेयस ऐयरले ३९ रन बनाए। त्यस्तै ऋषभ पन्तले ३१ रन जोडे।

दिल्लीलाई औसत स्कोरमा समेट्न मोहम्मद सामीले ३ विकेट लिँदा सेल्डोन कोट्रेलले २ विकेट र रबि बिस्नोइले १ विकेट लिए।

१५८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ८९ रन बनाउँदा केएल राहुलले २१ रन तथा कृष्णप्पा गौतमले २० रन जोडे।

उता दिल्लीका लागि मार्कस स्टोइनिस, कागिसो रबाडा र रबिचन्द्रन अश्विनले २/२ विकेट लिँदा मोहित शर्मा र अक्षर पटेलले १/१ विकेट लिए।

निर्धारित ओभर सकिँदा पञ्जाबले ८ विकेट गुमाएर १५७ नै बनाए पछि खेल सुपर ओभरमा गयो।

सुपर ओभरमा पञ्जाबले २ रन जोडेपछि जवाफी ब्याटिङ गरेको दिल्लीले ३ रनको लक्ष्य पूरा गर्दै जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell