PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मानेको दोहोरो गोलमा चेल्सीमाथि लिभरपुलको जित



पहिलोपोस्ट

मानेको दोहोरो गोलमा चेल्सीमाथि लिभरपुलको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा साविक विजेत लिभरपुलले चेल्सीलाई हराएको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई २-० ले हराएको हो।

लिभरपुलको जितमार सार्डियो मानेले दुबै गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो। पहिलो हाफको अतिरिक्त समयमा अन्द्रेस क्रिस्टेनसेन रातोकार्ड खादै बाहिरिँदा चेल्सी १० खेलाडीमा सीमित भएको थियो।

खेलको ५० औं मिनेटमा रोबेर्टो फर्मिनोको पासमा सार्डियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा अग्रता दिलाएका थिए। उनले नै ५४ औं मिनेटमा अर्को गोल थप्दै लिभरपुलको जित सुनिश्चित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell