PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

राखेप समन्वय शाखा प्रमुखमा कार्कीको पदवहाली



पहिलोपोस्ट

राखेप समन्वय शाखा प्रमुखमा कार्कीको पदवहाली

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन्।

कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन्। सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपाली, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले कार्कीलाई बधाइ दिँदै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए।

राखेपको गत भदौ ३१ गतेको निर्णयानुसार कार्कीले प्रमुखको जिम्मेवारी पाएका थिए। कार्की यसअघि १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिवालयमा थिए। कार्कीसंग बझाङ, सिन्धुपाल्चोक र काठमाडौं जिल्ला खेलकुद विकास समिति, कर्मचारी प्रशासन शाखा तथा आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयमा प्रमुख भइ काम गरेको अनुभव छ। २०५३ साल असोज ४ गते कार्की राखेपको स्थायी सेवामा प्रवेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell