PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युभेन्टसले जितसँगै गर्‍यो नयाँ सिजनको सुखद सुरुवात, रोनाल्डोले गरे गोल



पहिलोपोस्ट

युभेन्टसले जितसँगै गर्‍यो नयाँ सिजनको सुखद सुरुवात, रोनाल्डोले गरे गोल

इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा साम्पडोरियामाथि जित निकाल्दै लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा साम्पडोरियामाथि ३-० को जित निकाल्दै लिगमा साविक विजेताले सुखद सुरुवात गरेको हो।

युभेन्टसको जितमा डेजेन कुलुसेभ्स्की, लिओनार्दो बोनुस्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए।

खेलको १३ औं मिनेटमै रोनाल्डोको पासमा कुलुसेभ्स्कीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा युभेन्टस १ गोलले अघि रह्यो।

दोस्रो हाफमा बोनुस्सीले अग्रता दोब्बर बनाए। उनले खेलको ७८ औं मिनेटमा गोल गरे। त्यस्तै क्रिस्टियानो रोनाल्डोले ८८ औं मिनेटमा गोल गर्दा युभेन्टसले ३-० को सहज जित निकाल्यो। आन्द्रे पिरलो प्रशिक्षक भएर आएयता युभेन्टसको पहिलो जित हो। खेलमा १ हजार जना दर्शकहरुलाई स्टेडियममा अनुमति दिइएको थियो। 

त्यस्तै गएराति नै भएका सिरि ए का अन्य खेलहरुमा जेनोवाले क्रोटोनलाई ४-१ ले पराजित गर्दा सास्वलोले र काग्लिअरीले १-१ को बराबरी खेले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell