PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

साबिक विजेता रियल मड्रिड बराबरीमा रोकियो



पहिलोपोस्ट

साबिक विजेता रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ। रियल मड्रिड र रियल सोसिडाडबीच एनोएटा स्टेडियममा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो।

रियल मड्रिडबाट चोटका कारण इडेन हजार्ड खेलेका थिएनन् भने गरिथबेल यसअघिनै इङ्ग्लिस क्लब टोटेनहम लोनमा पुगिसकेका छन्।

सोसिडाडसँगको बराबरीमा सँगै मड्रिडले सिजनको पहिलो खेलमै अंक बाँड्न पुग्यो।

त्यस्तै ला लिगा अन्तर्गत नै गएराति भएका अरु खेलहरुमा ग्रानडाले अलाभेसमाथि २-१ गोल अन्तरले जित हात पार्‍यो भने रियल बेटिसले भाल्लाडोलिडमाथि २-० गोल अन्तरले जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell