PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुर्घटनामा परेका क्रिकेटर भण्डारीलाई आइसियूबाट क्याबिनमा सारियो



पहिलोपोस्ट

दुर्घटनामा परेका क्रिकेटर भण्डारीलाई आइसियूबाट क्याबिनमा सारियो

काठमाडौं: दुर्घटनामा परि घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीलाई क्याबिनमा सारिएको छ। क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सिप्यान)का अनुसार उनलाई हिजो क्याबिनमा सारिएको हो। त्यस्तै कोभिड महामारी चलिरहँदा उनीसँग भेटघाट डाक्टरहरुले सीमित गरेको सिप्यानले जनाएको छ।

उनको असोज १ गते मुख्य सल्यक्रिया काठमाण्डौस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटलमा भएको थियो। भण्डारीको  डा चक्रराज पाण्डे र उनको टिमले अपरेसन गरेको थियो।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो। झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि भण्डारीलाई धनगढी रिफर गरिएको थियो। त्यहाँ उनको निसर्ग अस्पतालमा उपचार भएको र अघिल्लो हप्ता हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० निवासी २८ वर्षीय भण्डारीसँगै उनका भाइ नाता पर्ने २४ वर्षीय करन ठगुन्ना घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell