PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोरोना भाइरस संक्रमित कैदीको गयो ज्यान



पहिलोपोस्ट

कोरोना भाइरस संक्रमित कैदीको गयो ज्यान

काठमाडौं : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्वर ४ सहारे घर भएका ५८ वर्षीय पुरुषको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले जानकारी दिए।

मृतक पुरुष कैदीबन्दी हुन्। उनलाई उपचारका लागि सुर्खेतबाट बाँके कारागारमा पठाइएको थियो। उनमा भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल भर्ना गरिएको थियो। कोरोना आइसोलेसन वार्डमा उपचाररत उनमा भदौ २१ गते कोभिड १९ पोजेटिभ पुष्टी भएको थियो। उनी दमका बिरामी समेत थिए।

बाँके जिल्लामा अहिलेसम्म कोभिड संक्रमण देखिएका ११ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell