PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

१ सय ८३ दिनपछि आजबाट आन्तरिक हवाई उडान



पहिलोपोस्ट

१ सय ८३ दिनपछि आजबाट आन्तरिक हवाई उडान

काठमाडौं : झण्डै ६ महिनाको निषेधपछि आजबाट आन्तरिकतर्फका निजी वायु सेवा कम्पनीहरुले व्यवसायिक उडान गर्दैछन्। भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत ११ गतेदेखि लकडाउन गरेको वायुसेवालाई संचालन गर्न दिने निर्णय गरेको थियो।

निजी वायुसेवा कम्पनीले कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सुरक्षित तरिका अपनाएमा मात्र यात्रुलाई सेवा दिनेछन्। कोभिड संक्रमणका लक्षण देखिएका र संक्रमितलाई भने विमानमा यात्रा गर्न निषेध गरिएको छ। विमानमा अनिवार्य मास्क लगाउनु पर्नेछ।

कोभिडसँग मिल्दोजुल्दो कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध लगाएको छ। विमानस्थलमा यात्रुको दोहोरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दुरी, विमान चढ्नु अगावै ह्याण्ड सेनिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ।

कम्पनीको भगिनी संस्था बुध्द होलिडेजले पोखराका लागि ५ हजार ९ सय ९९ र चितवनका लागि ७ हजार ९ सय ९९ को होलिडे प्याकेजहरु पनि ल्याएको छ। दुई रात तीन दिनको यस प्याकेजमा दुईतर्फी हवाई टिकट, तारे होटलको बसाई, बिहानको खाजा तथा एयरपोर्ट पिकअप ड्रप समावेश रहेको कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell