PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अबको १८ महिनामा क्रिकेट रंगशाला ठड्याउने संकल्प छ : धुर्मुस्



पहिलोपोस्ट

अबको १८ महिनामा क्रिकेट रंगशाला ठड्याउने संकल्प छ : धुर्मुस्

कलाकार एवं सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान निरन्तर अगाडि बढिरहेको बताएका छन्।

जन्मदिनको अवसरमा आइतवार राती फेसबुक लाइभमार्फत धुर्मुसले विषम परिस्थितिमा पनि निरन्तर अभियानमा जुटिरहेको जानकारी गराएका हुन्।

‘यहाँहरुको श्रद्धा र सदभावको कारणले यो परिस्थितिमा पनि निरन्तर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान अगाडि बढिरहेको छ। यो राष्ट्रको, नेपालीहरुको श्रद्धाको अभियान हो। सिंगो एकताको प्रतिकको अभियान हो,’ धुर्मुसले भनेका छन्, ‘यो अभियानमा साथ, सहयोग, सद्भाव राख्ने यहाँहरु सबैभन्दा महान हुनुहुन्छ। हामी नेतृत्तवकर्ता र संयोजनकारी भूमिकामा अगाडि बढे पनि, धुर्मुस सुन्तली फाउण्डेसनले नेतृत्वदायी भूमिका खेले पनि सिंगो देशको प्रतिष्ठासँग जोडिएको सबै नेपालीको अपनत्वको परियोजना निर्माण भइरहेको छ।’

धुर्मुसले अबको १८ महिनामा रंगशाला निर्माण सम्पन्न हुने दावी गरे। ‘अबको १८ महिनामा रंगशाला ठड्याउने एउटा संकल्प छ,’ उनले भने, ‘केही महिनाभित्र पहिलो चरणको खुसी साट्ने दौरानमा पनि छौं। यो खुसी देशको खुसी हुनेछ।’

‘जुट कुरा आँट गरिएको छ त्यसलाई तोकिएको समय पुरा गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने, ‘त्यसैले म काममै बढी फोकस छु। बाहिरी दुनियाँसँग अलग छु।’

धुर्मुसले सामाजिक अभियन्ताका रुपमा साथ दिएकोमा धन्यवाद दिए। रंगशालाभित्रको कार्यालयबाट फेसबुक लाइभमा आउँदै धुर्मुसले कार्यालयमा काम गर्ने श्रमजीवी मजदुरसँग जन्मदिन मनाएको जानकारी दिए। ‘जो विज्ञ, दक्ष हुनुहुन्छ, परियोजनासँग जोडिन चाहनुहुने व्यक्तिहरुलाई पनि स्वागत गर्न चाहन्छु। यो परियोजनाले सकारात्मक सोच, सबै खुसी दिलाउँछ,’ उनले भने।

हाल रंगशालामा १६३ जना श्रमजीवी दाजुभाई दिदीबहिनी जोडिएको बताउँदै धुर्मुसले उनीहरुले निरन्तर काम गरिरहेको जानकारी दिए। स्वदेशमै रोजगारीको वातावरण पनि सिर्जना भएको उनको भनाई छ।

‘त्यसैले जन्मदिनको अवसरमा म कोही स्वदेश फर्किँदै हुनुहुन्छ र यहाँसँग सीप छ भने कृपया यहाँ जोडिनुस्। यहाँ जोडिँदा देशका लागि केही गरेको अनुभूति यहाँहरुलाई हुन्छ। राष्ट्र निर्माण गर्ने अवसर पनि हो,’ उनले भने।

रंगशाला सबैको साँझा परियोजना भएको बताउँदै अझै बढी साथ सहयोगको खाँचो भएको उल्लेख गरेका छन्। ‘परियोजनासम्बन्धी जुनसुकै जिज्ञाशा मेटाउन हरबखत उपस्थित हुनेछु। मेरो सबै फोकस रंगशालामा छु। यहाँबाहेक अरु केही सोच्न सकेको छैन। जनताको रगत पसिना परेको छ, परिवार साथीभाई इष्टमित्र रंगशाला बनाउनुपर्छ भनेर यहीँ मात्र सोच्ने गरेको छुँ,’ उनले भने।

मलाइ जन्मदिनको शुभकामना दिनुहुने भगवान रुपि हजुरहरु सबैलाइ धन्यवाद ...

Posted by Sitaram Kattel on Sunday, September 20, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell