PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तस्करीमा प्रयोग हुने ट्र्याक्टर र मोटरसाइकलसहित समान बरामद



राधेश्याम पटेल

तस्करीमा प्रयोग हुने ट्र्याक्टर र मोटरसाइकलसहित समान बरामद

वीरगंज : बारा प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट ९ लाख मुल्य बराबरको सवारी साधन र तस्करीको समान बरामद गरेको छ। प्रहरीले गत असोज ३ गते दिउँसो १ बजेको समयमा आदर्शकोतवाल गाविस ६ पटेर्वा टोलमा जाँचको क्रममा ८ लाख मूल्य बराबरको बिआर ० जिबिजेड २०६ नम्बरको ट्रायक्टर, तस्करीमा प्रयोग हुने दुई वटा मोटरसाइकल र एक लाख मूल्य बराबरको समान बरामद गरेको हो।

बरामद भएका सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार पठाइएको जिल्ला प्रहरी बाराका प्रवक्ता गौत्तम मिश्रले जानकारी गराए। प्रहरीले २१ बोरा यूरिया मल, ६ बोरा प्याज तथा अन्य समान गरी १ लाखको समान बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell