PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

६ महिनापछि आन्तरिक टर्मिनलमा चहलपहल : आउजाउ गर्नेको देखियो भिड, छैन सुरक्षा मापदण्डको पालना

६ महिनापछि आन्तरिक टर्मिनलमा चहलपहल : आउजाउ गर्नेको देखियो भिड, छैन सुरक्षा मापदण्डको पालना

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : झण्डै ६ महिनाको निषेधपछि आजबाट आन्तरिकतर्फका निजी वायु सेवा कम्पनीहरुले व्यवसायिक उडान शुरु गरेको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत ११ गतेदेखि लकडाउन गरेको वायुसेवालाई संचालन गर्न दिने निर्णय गरेको थियो।

निजी वायुसेवा कम्पनीले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सुरक्षित तरिका अपनाएर मात्र यात्रुलाई सेवा दिने भनिए पनि सुरक्षाको मापदण्ड भने अपनाइएको देखिँदैन। विमानस्थलमा भिड देख्न सकिन्छ भने सामाजिक दुरी पनि कायम गरेको देखिँदैन।

यात्रीको ज्वरो नाप्नेबाहेक अरु सुरक्षाको उपाय अवलम्बन गरिएको छैन। कोरोना रिपोर्ट अनिवार्य पनि गरिएको देखिँदैन।

विमानमा अनिवार्य मास्क भने लगाउनु पर्ने जनाएको छ। कोभिडसँग मिल्दोजुल्दो कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध लगाएको छ। आजै ८० भन्दा बढी उडान हुने विमानस्थलले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell