PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपत्यकालगायत देशका विभिन्न स्थानमा हावाहुरीसहित तीन दिनसम्म ठूलो वर्षा हुने मौसम पूर्वानुमान



प्रकाश भण्डारी

उपत्यकालगायत देशका विभिन्न स्थानमा हावाहुरीसहित तीन दिनसम्म ठूलो वर्षा हुने मौसम पूर्वानुमान
फाइल फोटो

काठमाडौं: देशका विभिन्न स्थानमा अबको केही दिन भारी वर्षा हुने भएको छ। असोज ७ गतेसम्म प्रदेश १, २, बागमती र गण्डकीमा ठुलो वर्षा हुने मौषमविद् सविना शाक्यले जानकारी दिइन्। बंगालको खाडीमा न्युन चापीय क्षेत्र बनेकाले वर्षा हुने उनको भनाई छ। हाल देशभर सामान्य बदली भइरहेको छ। अहिले पनि १ र २ प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको शाक्यले बताइन्।

'खतरा हुन सक्छ'

असोज ७ गतेसम्मको मौसमको पूर्वमनुमान गर्दै मौसम विभागले सचेत रहन आग्रह गरेको छ। पूर्व हुँदै आज राति काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। शाक्यले पानी पर्नका लागि अहिले बनेको प्रणाली अरु बेलाको भन्दा बलियो भएकाले खतरा हुनसक्ने बताइन। 'अरु बेलाको भन्दा स्ट्रोङ नै छ। त्यसैले यसले खतरा हुनसक्छ। खासगरी बागमती प्रदेशमा यसले असर गर्न सक्छ,' उनले भनिन्।

हावाहुरी र चट्याङसहित वर्षा

देशभर सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २ का केही केही ठाउँमा भने हावाहुरीका सम्भावना छ। साथै चट्याङकोसमेत सम्भावना रहेकाले यसबाट सचेत रहन शाक्यले आग्रह गरिन्। उनले अहिलेको हावाहुरीले खासगरी अस्थायी रुपमा बसिरहेकाहरुलाई असर गर्ने बताइन। हावाहुरीको बेला चट्याङबाट बच्ने उपाए अपनाउन उनको आग्रह छ। हावाहुरीको सम्भावना गण्डकी प्रदेशमा समेत रहेको उनको भनाई छ।
 
यस्तो छ असोज ७ सम्मको मौसम पूर्वानुमान

मंगलबार दिउँसो देशभर मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ। त्यही दिन राति हावाहरीको सम्भावना छ।

बुधवार दिउँसो देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। केही ठाउँमा भने बुधवार ठूलो पानी पर्ने छ। 'प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशाका थोरै स्थानमा भारी वर्षाको सम्भावना रखेको छ,' विभागले जारी गरेको बुलेटिन उल्लेख गरिएको छ। बुधवार राति पनि ठुलो पानी पर्ने सम्भावना छ। बुधवार राति सुदुरपश्चिमका केही ठाउँमा सामान्य खालको वर्षा हुने छ।

नदी आसपासका बस्तीमा हाइ अलर्ट

नेपालको पूर्वी र मध्य भागमा भारी वर्षाको सम्भाना भएकाले नदी आसपासका बस्तिमा सचेत रहन मौषमविद् शाक्यले आग्रह गरिन्। यसअघि पहिरो गएका तथा कमजोर संरचना रहेका ठाउँमा पनि सचेतना अपनाउनुपर्ने उनको भनाई छ।

तराइका साना ठूला नदीमा बाढी आउने भएकाले त्यसबाट बच्न उनको आग्रह छ। धेरैजसो दिन रातिको समयमा हावाहुरी तथा चट्याङ पर्ने भएकाले राति थप सचेत हुन पनि मौषविदहरुले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell