PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जुम्लामा आमरण अनसनरत केसीलाई अस्पतालले भन्यो उपचार लिन नमान्दा सुगर प्रेसर थाहा भएन



पहिलोपोस्ट

जुम्लामा आमरण अनसनरत केसीलाई अस्पतालले भन्यो उपचार लिन नमान्दा सुगर प्रेसर थाहा भएन

काठमाडौं : जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा जटिलता देखिनसक्ने चिकित्सकले बताएका छन्। केसीलाई प्रहरीले असोज ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको भए पनि हालसम्म उनले उपचार गर्न मानेका छैनन्।

उपचार गर्न नमानेपछि उनको स्वास्थ्य अवस्थामा जटिलता आउनसक्ने भन्दै अस्पतालले सचेत गराएको छ। 

विज्ञप्ति जारी गर्दै अस्पतालले उपचार सहज हुने स्थानमा स्थानान्तरण गर्न सुझाव दिएको छ। केसीले जाँच गर्न नदिएकाले उनको प्रेसर,ज्वरो, मुटुको गति, अक्सिजन जस्ता जाँच हाल नभएको अस्पतालले जनाएको छ। केसीलाई अस्पतालाको आइसोलेसनमा राखिएको छ। उनको रोग प्रतिरोधी क्षमता कम भएकाले विभिन्न खालका रोगको संक्रमण हुने अस्पतालले जनाएको छ।

सरकारले आफ्ना मागको कार्यान्वयन नगरेको भन्दै केसी जुम्लामा ८ दिनदेखि १९ औं आमरण अनसनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell