काठमाडौं: जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई नेपालगंज ल्याई पुर्याइएको छ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले उनी आफ्नै खर्चमा नेपालगन्ज गएको जानकारी दिए। जिल्लामा उपचार गर्न पनि कठिन हुने र पहिला पनि झडप भएकोले केसीलाई उनको टोलीले नेपालगञ्ज लगेको डीआईजी पन्तले बताए।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एयरपोर्टसम्म अस्पतालको एम्बुलेन्स र त्यहाँबाट जहाजमार्फत नेपालगञ्ज गएको जानकारी दिए।
उनले अब काठमाडौंमै अनसन बस्नका लागि जुम्लाबाट हिँडेको बताए।
