PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार आवश्यक: राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार आवश्यक: राष्ट्रपति भण्डारी

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको बताएकी छन्।

पाकिस्तानका राजदूत मजहर जावेदसँग सोमवार शीतल निवासमा भएको विदाई भेटमा राष्ट्रपति भण्डारीले छिमेकी मित्रराष्ट्रका रुपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधै उच्च महत्व दिँदै आएको बताइन्।

कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत जावेदलाई राष्ट्रपति भण्डारीले बधाई पनि दिएकी थिइन्। भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने उनको विश्वास थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell